काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ८ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ४६ हजार रूपैयाँ कायम भएको छ ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।