नेप्से परिसूचक ७० अंकले बढ्याे, काराेबार रकम पनि उच्च

आजभोलि

काठमाडौँ । नेप्से परिसूचक आज ७० अंकले बढ्दै हरियाली छाएको छ । मंगलबार एकैदिन नेप्से ७०.१८ अंकले बढेर २ हजार ३१०.५९ अङ्कमा पुगेको हो । सोमबार घटेको नेप्से मंगलबार भने ठूलो अंकले बढेको हाे ।

आज ३१५ कम्पनीको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर एक लाख १९ हजार ११ पटक खरिदबिक्री भएकाे छ । जसमा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ बराबरको कारोबार भएको छ।

आज सिन्धु विकास बैंक, बरुण हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, अन्खु खोला जलविद्युत र मन्दाकिनी हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको थियो । आज कारोबार भएका सबै कम्पनिको शेयर मूल्य बढेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनगाडी ग्रुपको २१ करोड ७७ लाख बराबरको कारोबार भएको छ । नयाँ सरकार गठनसँगै अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएपछि शेयर बजारमा उतारचढाव आएकाे छ । आजकाे बृद्धिसँगै नेप्से परिसूचक २६ महिना यताकै उच्च बिन्दुमा पुगेकाे छ ।

  • १ श्रावण २०८१, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !