हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार हुँदै

आजभोलि

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ प्रतिताेला दुई हजार रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।

गत आइतबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ७००, साेमबार  १ लाख ४६ हजार ९००  रुपैयाँ र मंगलबार १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४९ हजार १०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेकाे छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २० रुपैयाँले बढेर १ हजार ८९५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

  • २ श्रावण २०८१, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !