देश र जनताका पक्षमा प्रतिबद्ध छु : पूर्वमन्त्री आले

आजभोलि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले देश र जनताका पक्षमा समर्पित भएर निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुडर शाक्य एकेडेमीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता आलेले आफूलाई जनताले विश्वास गरेकाले स्थानीय, प्रदेश र सङ्घीय सरकारसमक्ष जनताका माग र अधिकारका पक्षमा वकालत गर्ने बताए ।

डाेटीको बुडरमा निर्माण भइरहेको बुडर शाक्य एकेडेमी विद्यालय निर्माणका लागि आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले पालशाक्य गुम्बाका लागि बजेट विनियोजन गराएको र अब बुडर शाक्य एकेडेमी विद्यालयका लागि पनि सहयोग गर्ने बताए । पूर्वमन्त्री आलेले आफू बुडर क्षेत्रकै बासिन्दा भएकाले पनि त्यहाँ निर्माण हुने विद्यालयको भवनसहित अन्य विकासका लागि सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सो कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले उक्त विद्यालय आफू पहिलोपटक गाउँपालिका अध्यक्ष भएका बेला २०६८ सालमा बजेट विनियोजन गरी सञ्चालन गरेको र आगामी दिनमा पनि चाहिने बजेट विनियोजन गराउने प्रतिबद्धता जनाए ।

विद्यालय संस्थापक रिम्पोछेनवाङ लोदेले जोरायल गाउँपालिका तथा पूर्वमन्त्री एवं सांसद प्रेमबहादुरको सहयोगमा बुडरमा विद्यालय सञ्चालन गर्न सकिएको र अबका दिनमा सञ्चालनका लागि पनि सहयोग रहने विश्वास व्यक्त गरे ।

बुडरका बालबालिकाका लागि पूर्ण छात्रवृत्तिमा विद्यार्थीका लागि निःशुल्क विद्यालय सञ्चालन गर्ने उद्देश्यले बुडर शाक्य एकेडेमीले आज काठमाडौँमा हिमालयन सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

  • २० श्रावण २०८१, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !