इटहरी । निर्माणाधीन काठमाडौँ तराई मधेस द्रुतमार्ग (फास्टट्रयाक) सडक आयोजनाको अनुगमनमा प्रधानमन्त्री केपी शर्मा ओली जाने भएका छन् ।
फास्टट्रयाक अन्तर्गतका विभिन्न स्थानको स्थलगत निरीक्षणका लागि बिहान साढे नौ बजे हेलिकप्टरमार्फट् ओली त्यसतर्फ जान लागेका उनको सचिवालयले जनाएको छ । ओली सवार हेलिकप्टर लेनडाँडामा अवतरण हुने र त्यहाँ निर्माण कार्यको उनले स्थलगत निरीक्षण गर्नेछन् ।
त्यसैगरी धेत्रेमा रहेको एक दशमवल ७२८ किलोमिटर लम्बाइको सुरुङको ब्रेक थ्रू गर्ने कार्यक्रममसमेत रहेको छ।प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति प्रभुराम शर्मा लगायत पनि अनुगमनमा जाँदैछन् ।