अमेरिकामा प्रत्येक वर्ष भवनमा ठोक्किएका कारण एक अर्बभन्दा बढी चरा मर्छन् : अध्ययन

आजभोलि

एजेन्सी । अमेरिकामा भवनमा ठोक्किएर घाइते वा बेहोस भएका अधिकांश चराहरू निको नहुने गरेको नयाँ अध्ययनले देखाएको छ । अध्ययनले भवनहरूमा ठोक्किएर मारिएका चराहरूको सङ्ख्या एक अर्बभन्दा बढी हुन सक्ने अनुमान गरेको छ । अमेरिकामा जङ्गली चराहरूको लागि प्रमुख खतरामध्ये भवनमा ठोक्किनु पनि एक चिन्ताजनक बिषय हो । अध्ययन भवनमा ठोक्किएर भएका दुर्घटनाबाट हुने चराको मृत्युदरको र घाइते भएका चराहरूको सङ्ख्यामा मात्र आधारित रहेको वाशिङ्गटन पोस्टले अध्ययन प्रतिवेदनलाई उद्धृत गरी उल्लेख गरेको छ । यो हप्ता ‘प्लोस वन जर्नल’मा प्रकाशित अध्ययन प्रतिवेदनमा अन्वेषकहरूले चराहरूलाई उनीहरूको दीर्घकालीन बाँच्ने दर मूल्याङ्कन गर्न वन्यजन्तु पुनर्वास केन्द्रहरूमा लगिएको थियो । यसले सन् २०१६ र सन् २०२१ को बीचमा उत्तरपूर्वी संयुक्त राज्य अमेरिकाका घटनाहरू अध्ययन गर्ने अन्वेषकहरूले १५२ प्रजातिका चरासहित तीन हजार १०० भन्दा बढी भवनमा ठोक्किएर भएका दुर्घटनाहरूको रेकर्ड जाँच गरेका र दुर्घटनापछि पुनर्वास केन्द्रहरूमा लगिएका लगभग ६० प्रतिशत चरा मरेका थिए । उक्त अध्ययनमा सबैभन्दा सामान्यरूपमा पाइने प्रजातिहरू जस्तैः ढुकुर, अमेरिकी धोबी चरा, उत्तरी कार्डिनल, कूपर्स हक्स र ग्रे क्याटबर्डहरू थिए । कीराहरूको अत्यधिक फैलावट नियन्त्रण गर्नेदेखि लिएर बीउहरू फैलाउन मद्दत गर्ने इकोसिस्टमको महत्त्वपूर्ण संवाहक चरा हो भन्ने बढ्दो मान्यताका बीचमा, धेरै अमेरिकी शहर र राज्यहरूले नयाँ भवनहरूलाई थप पंक्षीमैत्री हुन आवश्यक पर्ने नियमहरू पारित गरेका छन् ।

  • २७ श्रावण २०८१, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !