संघीय संसद अन्तर्गत चार वटा समितिको बैठक बस्दै

आजभोलि

काठमाडौँ । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक आज बस्दैछन् । विकास, आर्थिक मामिला तथा सुशासन, संसदीय सुनुवाइ समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका बैठक बस्न लागेका हुन् ।


विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे संघीय संसद सचिवालयस्थित समितिकाे हलमा बस्नेछ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य शर्त रहेका सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक सिंहदरबारस्थित समितिको बैठक कक्षमा दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यक्रम छ ।

यस्तै, संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक दिउँसो सवा १२ बजे संसद भवन नयाँ बानेश्वरको शंकर हलमा बस्नेछ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

  • २९ श्रावण २०८१, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !