काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले चिकित्सा शिक्षा क्षेत्रलाई सस्तो र सुलभ बनाउनुपर्नेमा जोड दिएका छन् । सुनकोशी–इन्द्रावती समाज, सिन्धुपाल्चोकले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले चिकित्सा शिक्षा पढ्नका लागि धेरै पैसा लाग्ने कारणले बिद्यार्थीहरु पढ्नबाट बञ्चित हुने गरेको भन्दै यसलाई सस्तो र सुलभ बनाउनु पर्नेमा जोड दिएका हुन् । त्यस्तै उनले स्वास्थ्य सेवा सरकारी अस्पतालमा महङ्गो हुँदै गएको उल्लेख गरे । स्वास्थ्य क्षेत्रलाई सबै नागरिकको सहज पहुँचमा पुर्याउनका लागि सरोकारवाला सबै गम्भीर हुनुपर्ने उनको भनाइ छ । उनले अहिले आफू राजनीतिज्ञ भएकाले राज्यले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने काममा आफूले ध्यानाकर्षण गराउने धारणा राखे ।