अर्जुन दाहालको कविता संग्रह “हिड्न बाँकी बाटाहरू“ सार्वजनिक

आजभोलि

काठमाडौं । कवि तथा गीतकार अर्जुनबाबु दाहालले कविता संग्रह “हिड्न बाँकी बाटाहरू“ सार्बजनिक गरेका छन् । शनिवार राजधानीको प्रज्ञा प्रतिष्ठानमा दाहाललको कविता संग्रह हिड्न बाँकी बाटोहरूको बिमोचन गरिएको हो । लामो समय स्वास्थ्य पेसामा आबद्व भएका दाहालले यसै कविता संग्रहबाट कविको पहिचान थपेका हुन् ।

कार्यक्रममा बरिष्ठ गीतकार एवं कवि दिनेश अधिकारीले दाहालका कवितामा सकारात्मक सोच भेटिने दाबी गरे । उनले भने,“उहाँका कवितामा व्यङ्ग्य, विद्रोह र आलोचना जे गर्दा पनि सकारात्मक सोच भेटिन्छ, यो कविताको राम्रो पक्ष हो ।“ दाहालले कविको रूपमा आफ्नो जन्म घोषणा गरेको भन्दै यो पहिचानलाई सदैव बचाइराख्न शुभकामना समेत दिए ।

कार्यक्रममा पुर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले कविले हृदयबाट नै कविता लेख्नुभएको भन्दै आफू लेखनको प्रगतीको पक्षधर भएको भन्दै शुभकामना दिए । कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले कविताको शीर्षकले आशावादी बोध गराउने भएपनि कवितामा हिडिसकेका बाटाहरू आएको टिप्पणी गरिन् । यस्तै कवितामा प्रयोग भएको सरल भाषाले सामान्य पाठकले पनि सजिलै बुझ्न सक्ने बताइन् ।

कार्यक्रममा बरिष्ठ कवि एवं साहित्यकार डा. नवराज लम्सालले दाहालले जीवनको सार कवितामा उतार्नुभएको र नेपाली साहित्य जगतमा नयाँ कविको जन्म भएको बताए ।

कार्यक्रममा कवि दाहालले आफूले आफ्नो जिन्दगी भोगाइ र अब हिड्न बाँकी जिन्दगीका बाटोलाई समेटेर कविता संग्रह सार्बजनिक गरेको बताए । उनले भने, “मैले भोगेको देखेको र मनका पीडालाई कवितामा पोखेको छु ।“ कविता लेख्नका लागि हौसला प्रदान गर्ने र सल्लाह दिने वरिष्ठ कवि लम्साल आफ्नो प्रेरणाको श्रोत भएको भन्दै मुक्तकण्ठले प्रशंसा गरे ।

कार्यक्रममा हास्यकलाकार मनोज गजुरेल, गायक शिव परियार, बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, डा. राधाकृष्ण ढुगाना लगायतले कविताको सफलताको शुभकामना व्यक्त गरेका थिए । अमर प्रकाशन गृहले बजारमा ल्याएको कवितामा कविले आजको युवाले भोगेको पीडालाई कवितामा उतार्ने प्रयास गरेका छन् । हार्ड कभर र सफ्ट कभरमा उपलब्ध कविताको मूल्य क्रमशः ५०० र २५० तोकिएको छ ।

  • १३ आश्विन २०८१, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !