न्युयोर्क ।अमेरिकाको न्युयोर्क क्विन्सस्थित कोरोनाको ५७ एभिन्यु ९७ स्ट्रिटमा फोहोर बोक्ने ट्रकको ठक्करबाट कोरोना बस्दै आएका१० वर्षीय श्री पन्थीको निधन भएको छ ।
आमा मिना पन्थीसंगै विद्यालय जाने क्रममा मंगलवार बिहान ट्रकले ठक्कर दिएपछि बालकलाई नजिकको एल्म्हर्स्ट अस्पताल पुर्याएकोकेही समयपछि अस्पतालले मृत्यु भएको घोषणा गरेको हो ।
उक्त दुर्घटनाबाट गम्भिर घाइते भएकी आमा मिना पन्थीको हाल शल्यक्रिया भैरहेको छ । उनको अवस्था अहिले चिन्तजनक छ! घटनापछि दुर्घटनास्थललाई प्रहरीले शिल गरेर अनुसन्धान गरिरहेको छ । घटनास्थल प्रभावित नहोस भनेर हेलिकोप्टरबाट निगरानीगरिएको थियो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको न्यूयोर्कका मेयर बिल डि ब्लासियोको ट्विट गर्दै घटनाप्रति दुख व्यक्तगरेका छने ।
ट्रक चालकले सवारी दाया मोडने क्रममा ट्रकले आमा छोरालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा पर्ने बुटवल स्थायी घर भएका पुरुशोत्तम पन्थी श्रीमती र छोरा हुन् ।