केन्द्रीय कार्यसमितिको बैठकबाट भएका निर्णय विरुद्धमा जिल्ला सभापतिहरुले समर्थन

आजभोलि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय कार्यसमितिको बैठकबाट भएका निर्णय विरुद्धमाआफू निकट जिल्ला सभापतिहरुले समर्थन जनाएको बताएका छन् ।

बुधबार सम्पन्न जिल्ला सभापतिहरुको भेलापछि वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिहरुले दिएको सुझावबाट आफू उत्साहित भएको बताए । उनले पुस ११ गते पार्टीको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरु खारेज गर्न जिल्ला सभापतिहरुले समर्थन जनाएका दाबी गरे ।

केन्द्रीय कार्यसमितिको नाममा भएका निर्णयहरु पार्टीको हितमा नभएको र १४ औं महाधिवेशनलाई अनिश्चित बनाएको बताए ।

त्यस्तै नेता कृष्णप्रसाद सिटौलाले कम्युनिष्टको सरकारबाट उत्पन्न परिस्थितिहरु माथि एक भएर लड्नुपर्ने अवस्थामा पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो गुटको मात्र बैठक बसाई निर्णय गरेको आरोप लगाए ।

उनले सभापति देउवालाई पार्टीको नभई आफ्नो गुटको मात्र सभापति बनेको आरोप लगाए । नेपाली कांग्रेसको पुस ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा २०७७ फागुन ७ देखि १० गते सम्म महाधिवेशन गर्ने लगायत विभागहरुको संख्या बढाई ४७ पुर्याउने निर्णय गरेको थियो । त्यस यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले एकलौटी निर्णय भएको भन्दै आफू निकट जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।

  • २४ पुष २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !