बाल सचेतना केन्द्रले गर्ने निःशुल्क स्वास्थ्य शिविरको तयारी पुरा

आजभोलि

सरकारले भ्रमण वर्षको शुरुवात गरेसँगै पर्यटकलाई लक्षित गरि बौद्ध स्तुपा परिसरमा यहि पौष २६ गते शनिबार आयोजना हुन लागेको वृहत निशुल्क स्वास्थ्य शिविरको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

बाल सचेतना केन्द्र नेपालको आयोजना तथा बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकमा हुने कार्यक्रममा नेपाल भारत मैत्री हस्पिटलले भिडियो एक्सरे तथा ल्यावसहितको सेवा दिने आयोजकले बताएका छन् ।

शिविरका लागी आवश्यक तयारी पुरा भएको र कार्यक्रमको उद्घाटन नेकपाका सांसद कृष्ण बहादुर राईले गर्ने संस्थाका अध्यक्ष बाबुराम फुयाले जानकारी दिए ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने मूल उद्देश्य राखेर भ्रमण वर्ष देशभर मनाईरहेका बेला आफुहरुले पनि भ्रमण वर्ष लक्षित नै शिविर संचालन गर्न लागेको अध्यक्ष फुयाले बताए ।

नेपालको विकासमा भ्रमण वर्ष महत्वपूर्ण हुने भएकाले अध्यक्ष फुयाले नेपाल सुन्दर र मनोरम रहेको उल्लेख गर्दै यस किसिमका कार्यक्रमले विदेशी तथा स्वदेशी पर्यटकहरुलाई आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा सहभागीहरुलाई नेपाल भ्रमण वर्षको बारेमा जानकारी पनि दिइने बताइएको छ । सन् २०३० भित्र ५० लाख पर्यटक पुर्‍याउने सरकारको अर्को महत्वाकांक्षी लक्ष्य छ। यो पूरा गर्न सरकार मात्र जिम्मेवार भएर नपुग्ने भन्दै , पर्यटन व्यवसायी, होटल व्यवसायी, सञ्चारमाध्यमलगायतको भूमिका उत्तिकै रहनने र त्यसमा आफुहरुले पनि साथ र सहयोग गर्ने आयोजकको दाबी छ।

शिविरमा जनरल फिजिसियन, नसा तथा बाथ रोग, बाल रोग,नाक, कान घाँटी, स्त्री रोग, सुगर तथा प्रेसर लगायतका विविध रोगको उपचार गरिने बताइएको छ ।

आधारभूत तथा जटिल प्रकृतिका स्वास्थ्य सेवाबाट वञ्चित वृद्ध, बालबालिका तथा विपन्न वर्गका व्यक्तिहरुलमई लक्षित गर्दै आयोजना गरिएको शिविरको समापन महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका माननिय मन्त्री पार्वत गुरुङले गर्न लागिएको आयोजकले जनाएको छ ।

शिविरबाट राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रबाट पाल्नुहुने पर्यटक पाहुना लगायत स्थानिय स्तरका गरिव, असहाय, विपन्न, जेष्ठ नागरिहरु लाभान्वित हुने आयोजकको विश्वास रहेको छ ।

कार्यक्रममा प्रदेश सभाका सांसद, प्रतिनिधि सभाका सांसद, विभिन्न वडाका वडा अध्यक्षहरु, स्थानिय गुठि संस्थानका प्रतिनिधिहरु लगायत समाजसेवीहरुको उपस्थिति रहने छ ।

स्वास्थ्य शिविरमा सहभागी भएर निःशुल्क स्वास्थ्य लाभ लिन अध्यक्ष फुयालले क्रियाशील सबै स्थानिय संघसंस्था, त्यसका पदाधिकारीहरु,बुद्धिजिवी, समाजसेवी, सर्वसाधारण तथा पत्रकारहरुलाई आग्रह गरेका छन् ।

  • २४ पुष २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !