थापाको प्रश्नः मन्त्रीजी सूचना प्रविधि विधेयककोबारेमा बहस माइतीघर मण्डलामा गर्ने कि पार्टी कार्यालयमा ?

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले काम गरेर जनताकोे मन जित्न नसकेपछि आलोचनाबाट जोगिन सरकारले सूचना प्रविधि विधेयक ल्याएको आरोप लगाएका छन् ।

नेपाल विद्यार्थी संघले नागरिक स्वतन्त्रता नियन्त्रण गर्ने विधेयकहरुविरुद्ध बिहीबार काठमाडौंको माइतीघर मण्डलमा गरेको सभालाई सम्बोधन गर्दै थापाले कमजोर सरकारले कानून बनाएरै जनताको मुख थुन्ने प्रयास गरेको आरोप लगाए । उनले विधेयक नपढीकनै विरोध गरिएको भन्ने विभागीय मन्त्रीको भनाईप्रति आपत्ति जनाए ।

विधेयकका सबै दफा दफामा आफू छलफल गर्न तयार रहेको भन्दै उनले छलफल कहाँ गर्ने भनी प्रश्न गरे । उनले सूचनाको हकको अधिकार कुण्ठित गर्ने हो भने नेपालको संविधान क्यूवा र उत्तर कोरियाको संविधान भन्दा भिन्न नरहने बताए ।

उनले भने, “यो विधेयकको धारा धारामा दफा, दफामा छलफल गर्न तयार छौ । माननीय मन्त्री ज्यूले भन्नुभएछ, विधेयक नपढीकन आयो । यो विधेयकमा कहाँ छलफल गर्ने मन्त्री जी ? सिंहदरबार गर्ने हो ? संसदमा गर्ने हो ? माइतीघर मण्डलामा गर्ने हो ? कि तिम्रो कार्यालय धुम्बाराहीमा गर्ने हो ? प्रत्येक दफा दफामा , शब्द शब्दमा छलफल गर्न तयार छु । नपढीकन आएको होइन । पढेर, बुझेर आएको । हेप्ने हाम्लाई नपढीकन आयो भन्ने ?”

विधेयकमा आवश्यक परिमार्जन गरेको बहानामा मस्यौदामा ‘निरन्तर’ भन्ने शब्द मात्रै थप्ने काम भएको तर्क उनले गरे । 

  • २४ पुष २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !