बाल सचेतना केन्द्र नेपालको आयोजनामा काठमाडौंको बौद्धमा संचालित बृहत निःशुल्क स्वास्थ्य शिविरबाट करिव पाँच सय भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।
बौद्धनाथ क्षेत्र विकास समितिको संयोजक तथा नेपाल भारत मैत्री अस्पतालका चिकित्सक तथा अन्य प्राविधिक सहयोगमा स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा बिरामीहरुलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।
नेकपाका सांसद कृष्णबहादुर राईले उद्घाटन गरेको शिविरको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पार्वत गुरुङले समापन गरेका थिए । उनले अस्पतालहरुको चर्को मूल्य तथा अस्पतालबाट दुव्र्यवहार खेपिरहेका व्यक्तिहरुलाई सेवा गर्नु सबैको कर्तव्य भएको बताए।
सरकारले अब सबैलाई समाजप्रति उत्तरदायी बन्ने समाजको परिवर्तनप्रति सामाजिक भावनाबाट प्रेरित बन्न नेपाली नागरिकहरुलाई सचेत बन्ने काममा साथ दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितका अध्यक्ष चन्द्रमान लामाले बाल सचेतना केन्द्र नेपालले विगत लामो समयदेखि विपन्न वर्ग,महिला तथा बालवकलिकाप्रति गरेको समाजसेवा प्रति आकर्षित भएको बताउदै आर्थिक वर्ष ७६÷७७ को लागि केहि रकम विनियोजन गरेको बताए ।
नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को सुरुवात संगै आयोजना भएको यस्ता कार्यक्रमले धेरै व्यक्तिहरुलाई स्वास्थ्य प्रतिको चेतना जगाउनुका साथै स्वास्थ्य प्रतिको जनजागरणमा लाग्न प्रेरित भएको बताए।
एक दिने स्वास्थ्य शिविरबाट धेरै जना लाभान्वित भएको बताउँदै संस्थाका अध्यक्ष बाबुराम फुयालले लगत्तै अर्को कार्यक्रम पनि आगोजना गरिएको बताए ।
उक्त क्षेत्रका विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन गरेको आयोजकले जनाएको छ ।