शीर्ष नेताहरुको लामो प्रयासपछि काँग्रेसको विवाद समाधान, १४औँ महाधिवेशन २०७७ फागुनमै

आजभोलि

नेपाली काँग्रेसले एक महिनादेखि पार्टीमा देखिएको आन्तरिक विवाद समाधान गरेको छ ।

शीर्ष नेताहरुको लामो प्रयासपछि नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान भएको हो । शुक्रबार सभापति शेरबहादुर देउवा निवासमा भएको शीर्ष नेताहरुको छलफलले विवाद समाधान गर्दै अगाडी बढ्ने सहमति गरेको हो । शीर्ष नेताहरुबीच महाधिवेन तोकिएकै समयमा गर्ने सहमति भएपनि तल्ला तहको मिति भने केही हेरफेर हुने भएको छ ।

नेताहरुबीच सभापति देउवाको प्रस्तावमा बढाइएका विभागहरुका विषयमा पनि सहमति जुटेको छ । तल्ला तहको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा शनिबार टुंगो लाग्ने छ । गत पुस ११ मा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा गरेको निर्णय अनुसार कांग्रेसभित्र ४७ वटा विभाग राख्ने निर्णय यथावत रहनेछ । शुक्रबार नै नेताहरुबीच नेविसंघ र तरुण दलसम्बन्धि सहमति पनि जुटेको छ ।

उपसभापति विमेलन्द्र निधिका अनुसार नेपाल विद्यार्थी संघको अध्यक्षमा सभापतिले तोकेकै व्यक्ति हुने सहमति जुटेको हो । कार्यसमितिमा वरिष्ठ नेता पौडेल र सिटौला पक्षका नेताहरुको समेत प्रतिनिधित्व हुनेछ ।

त्यसैगरी तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय भएको उनले बताए । शीर्ष नेताहरुबीच भएको सहमतिलाई अन्तिम रुप दिन सोमबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।

  • १० माघ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !