मुगल बादशाह मिरकासिमको नेतृत्वमा रहेको अंग्रेज फौजलाई पराजित गरेको सम्झनामा मकवानपुर जिल्लाको ऐतिहासिक किल्ला मकवानपुरगढी दरबारमा विजयोत्सव मनाइएको छ ।
मकवानपुरगढी गाउँपालिकाको आयोजनामा भएको विजयोत्सव कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको नेपालको राष्ट्रिय झण्डोत्तोलन तथा सेतो हात्तीको प्रतिमा अनावरण गरेका छन् ।
कार्यक्रमको उद्घाटन् गर्दै मुख्यमन्त्री पौडेलले मकवानपुर गढीलाई देशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताएका छन्।
उनले आगामी केही वर्षभित्र दैनिक पाँच हजारको सङ्ख्यामा पर्यटक भित्र्याउने गरी काम गरिने बताए। मुख्यमन्त्री पौडेलले नेपाललाई जितेर लुटपाट मच्चाउन आएको विदेशी सेनालाई नेपाली सेनाले पराजित गरेको आजको दिन नेपाललाई स्वतन्त्र मुलुकका रुपमा स्थापित गराउन महत्वपूर्ण भएको बताए । उनले यस ऐतिहासिक क्षेत्रको प्रवद्र्धन गर्नमा प्रदेश सरकार लागिपर्ने बताए।
विसं। १८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई पराजित गरिएको सम्झनामा मकवानपुरगढी किल्लामा केही वर्षदेखि विजयोत्सव मनाउँने गरिएको छ । सरकारले घोषणा गरेको १०० नयाँ पर्यटकीय स्थलमा समावेश भएको मकवानपुरगढी दरबार देशकै देशकै सबैभन्दा ठूलो र पुरानो गढीको रुपमा रहेको छ । बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट करिब १६ किलोमिटर उत्तरपूर्वमा रहेको मकवानपुरगढीमा नेपालको राष्ट्रिय झण्डा सहित संघीय नेपालको नक्सा राखिएको छ ।