काठमाडौं । उपसभामुख पद माग्न कमाण्डलु लिएर संसदमा प्रस्तुत नभएको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिक्रिया दिएको छ ।
कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेपछि उपसभामुखका लागि बार्गेनिङ गरेको टिकाटिप्पणी भइरहदाँ आज संसद बैंठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भने, ‘कांग्रेसले उपसभामुखका लागि बार्गेनिङ गर्न उम्मेदवारी दिएन भनियो । तर उपसभामुखका लागि हामीसँग मत पनि छैन, कमाण्डलु लिएर आएका पनि छैनौं ।’
संविधान बनाउने क्रममा सत्तालाई सहज हुने उपसभामुख खोजीका लागि फरक दलबाट सभामुख र उपसपसभामुख हुनुपर्ने व्यवस्था नगरिएको भन्दै उनले त्यसको मर्म सत्तारुढ दलले बुझ्ला नबुझ्ला वा बुझेर पनि बुझ पचाउँला उसकै विषय भएको कांग्रेस सांसद रिजालले बताए ।