वीरेन्द्रनगर । टिपरको ठक्करबाट एक युवकको मृत्युपछि वीरेन्द्रनगर बजारमा भएको प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यू आदेश जारी गरेको छ । मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म प्रशासनले कर्फ्यू लगाएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।
कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंह ठकुरीको टिपरले किच्दा मंगलबार बिहान ८ बजे मृत्युु भएको थियो । आन्दोलनले उग्ररुप लिएपछि प्रहरीले गोलीसमेत चलाएको छ ।