गोली प्रहार गरी मकवानपुरमा गाँजा तस्कर पक्राउ, प्रहरी निरीक्षकसहित पाँच जना घाइते

आजभोलि

मकवानपुर प्रहरीले गोली प्रहार गरी ३२ किलो गाँजा सहित तीन जना तस्करलाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका ११ थानाभ-याङ स्थित पूर्व पश्चिम लोकमार्गको सडक खण्डमा बुधबार बिहान गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरी प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो । चाईनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गर्दा नरोकिएपछि प्रहरीले कारको टायरमा गोली हानी कारलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायरसमेत गरेको थियो । पक्राउ परेकाहरुमा एक महिला र दुई पुरुष रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा भारत मुजफ्फरपुरका अजयमल सवारी, सञ्जीव पासवान र जाहेरा खातुन रहेका छन्। उक्त कारबाट करिब ३२ किलो लागु औषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लागूऔषध तस्कर पक्राउ गरेर थानाभ¥याङबाट हेटौंडातर्फ आउँदै गरेको वडा प्रहरी कार्यालय हेटौंडाको प्रहरी भ्यानलाई काँकडभिट्टाबाट धनगढीतर्फ जाँदै गरेको ना. ५ ख ५५८२ नम्बरको बसले  प्रहरी भ्यानलाई ठक्कर दिँदा प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीसहित पाँच जना प्रहरी घाइते भएका छन्।

घाइते हुनेमा प्रहरी हवल्दार नरबहादुर राई, शुक्रराज खत्री, जवान समुद्र श्रेष्ठ र सुरेश कुमाल रहेका छन्। घाईतेहरुको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ । बस र बस चालकलाई नियण्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरी भ्यानलाई बसले ठक्कर दिँदा पक्राउ परेकी भारतीय नागरिक खातुन पनि घाइते छिन्।

  • १५ माघ २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !