काठमाडौं । सिजी कम्युनिकेशन प्रालिको लाइसेन्स खारेज भएको छ ।
नेपाल दूसञ्चार प्राधिकरणले सार्वजनकि सूचना जारी गर्दै सिजी टेलिकमको लाइसेन्स खारेज भएको जानकारी गराएको हो । सिजीको नाममा रहेको लिमिटेड मोविलिटी सेवाको अनुमतिपत्र नविकरण नगरेकाले कानूनअनुसार खारेज गरिएको प्राधिकरणले जनाएको हो ।
चौधरी ग्रुपको स्वामित्वमा रहेको यो टेलिकमले विभिन्न जिल्लामा लिमिटेड सेवा सञ्चालनका लागि लिएको अनुमति पनि खारेज भएको छ ।