नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामाथि राजनीतिक र कानूनी रुपमा सामना गर्ने भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा उपसभापति गच्छदारलाई लागेको मुद्दामाथि राजनीतिक र कानूनी दुवै ढंगले सामना गर्ने विषयमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिए ।
उनले बलुवाटार स्थित ललिता निवासको जग्गा प्रकरणमा अख्तियार सरकारको छाया बनेको निष्कर्श कांग्रेसको रहेको समेत बताए ।
उनले संसदका सन्दर्भमा नेपाली कांग्रेस संसदीय दलले नै निर्णय लिने र यसमा बैठकले कुनै निर्देशन नदिएको समेत बताए ।