काठमाडौँ। नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदलले यथास्थितिमा एमसीसीको नेपाल कम्प्याक्ट संसदबाट पारित गर्न नहुने निष्कर्ष निकालेको छ।
कार्यदलले नेकपा अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त निष्कर्षसहित प्रतिवेदन शुक्रबार बुझाएको हो। कार्यदलले अध्ययनका २० दिन लगाएर प्रतिवेदन तयार पारको हो ।
कार्यदलले यो निष्कर्ष निकाले पनि प्रधानमन्त्री ओली र कार्यदलको सदस्य समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कार्यदलको काम अध्ययन गर्ने मात्रै भएको, संसदबाट पेश भइसकेको एमसीसी सभामुखले टेबल गरेको दिन पास हुने बताएर कार्यदलको औचित्य समाप्त भएको सन्देश दिइसकेका छन्।
एमसीसी अमेरिकी इन्डो प्यासिफिक रणनीतिको अंग भएको र यथास्थितिमा एमसीसी पास गर्न नहुनेमा नेकपाका केही नेताहरूले विरोध र अडान लिएपछि त्यसबारे स्पष्ट हुन नेकपाको केन्द्रीय कमिटीले कार्यदल गठन गरेको थियो।