काठमाडौं । नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदल तयार पारेको सुझाव प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष प्रचण्डलाई बुझाएको छ ।
कार्यदलले यथास्थितिमा एमसीसीको नेपाल कम्प्याक्ट संसदबाट पारित गर्न नहुने निष्कर्ष सुझाएको छ ।
कार्यदलले २० दिन लगाएर प्रतिवेदन तयार पारको हो, तर कार्यदलको सुझाव टाईटाई फिस हुने भएको छ ।
प्रधानमन्त्री ओली र कार्यदलको सदस्य समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कार्यदलको काम अध्ययन गर्ने मात्रै भएको बताएका छन् ।
त्यसैगरी प्रधानमन्त्री केपी ओलीले सभामुखले एमसीसी संसदमा टेबल गरेकै दिन पास हुने बताउनुले कार्यदलको सुझाव टाईटाई फिस हुने भएको हो।