‘जनता कुन लोकमा छन् र सरकार कुन लोकमा प्रधानमन्त्रीजी ?’

आजभोलि

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जन्मदिनको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको व्यवहारप्रति आपत्ति जनाएको छ ।

मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले जन्मदिनको समयमा प्रधानमन्त्री ओलीको कार्यशैली राजा महाराजाको भन्दा पनि भद्दा भएको आरोप लगाएका हुन् ।

रिजालले भने,‘प्रधानमन्त्रीज्यू, तपाईंको सत्ताउन्दामद देखेर आम नागरिक निराश र दिग्दार छन् । जुन तामझामका साथ देशका प्रदेशका व्यक्तिलाई बोकेर जानुभयो । सायद तपाईंको घरले खड्गप्रसाद ओलीलाई चिनेन होला नयाँ महाराजा सवारी भयो भनेर।’  प्रधानमन्त्रीले जन्मदिनमा चार हजार बृद्धबृद्धालाई सारी र कोट बाँडेको आफूले सुनेको रिजालले बताए ।

उनले भने, ‘पहिले आफ्नो जन्मदिनमा केटाकेटीलाई मिठाई बाँडेर चित्त बुझाउनुपर्ने राजा महाराजालाई पनि इष्र्या लाग्यो होला प्रधानमन्त्रीज्यू ।’ ‘हिजो राजनीति गर्ने भए श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी । आज थरिथरीका श्रीपेच लगाएका कम्युनिस्ट आत्मजन मित्रलाई के भन्दै होलान मदन भण्डारी ?’

कांग्रेस सांसद रिजालले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने प्रधानमन्त्रीको दाबीलाई निवर्तमान सञ्चारमन्त्रीको अडियो प्रकरणले गिज्याएको बताए । धेरैको अविश्वास रहेको तर शंकाको लाभ दिन तयार रहेको भन्दै उनले भने, ‘संसदमा विश्वासमा लिनुस्, भ्रष्टाचारका यस्ता घटना हुँदैन भनेर विश्वास दिलाउनुस् ।’

उनले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा ७० करोड घुस बार्गेनिङ भएको सम्बन्धमा सदनमा प्रधानमन्त्री ओलीले जवाफ दिने विश्वासका साथ संसद सञ्चालन गर्न राजी भएको बताए । यसअघि ७० करोड घुस मागेको सम्बन्धमा सञ्चार मन्त्रीलाई बर्खास्त गर्न र प्रधानमन्त्रीको जवाफ माग गर्दै कांग्रेसले बिहीवारको बैठक अवरुद्ध गरेको थियो ।

  • १३ फाल्गुन २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !