काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धमा आफूले कुनै निर्णय नगरेको बताएका छन् ।
नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेलले बुधबार श्वेतपत्र जारी गर्दै नेपाल ट्रष्टको जग्गा लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रष्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष रहेको उल्लेख गरिएको थियो ।
कांग्रेस सभापति देउवाले बुधबार विज्ञप्ती जारी गर्दै लिज प्रकरणमा आफ्नो नाम जोड्नुलाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद र गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा भएको अनियमितताबाट ध्यान मोड्न प्रयत्न भएको उल्लेख गरेका छन् ।