६ किलो सुनसहित मकवानपुरको रातमाटेबाट भारतीय पक्राउ

आजभोलि

हेटौंडा । त्रिभुवन राजपथको हेटौँडा–वीरगञ्ज सडकखण्डको रातोमाटेमा मंगलबार बिहान प्रहरीले छ किलो सुनसहित एक भारतीयलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गरी सुनको अवैध कारोवार गर्ने भारत कर्नाट बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

न कूल छ किलो २८९ ग्राम ३५० मिलीग्राम रहेको जनाइएको छ । काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको यात्रुबाहक रात्रि बसमा जाँच गर्दा बसमा सवार अब्दुलले बोकेको कालो झोलामा मोटर पार्टस् जडान हुने फलामको बेरिङजस्तो देखिने चार थान, फलामको पास्ताको बेरिङ दुई थान र फलामको मिट बेरिङ दुई थान पार्टभित्र लुकाइछिपाइ ल्याएको अवस्थाका बरामद गरिएको हो ।

बरामद गरिएको सुनको मूल्य करिब चार करोड २७ लाख, ५८ हजार ७७४ रुपैयाँ छ । थप अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ ।

  • २० फाल्गुन २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !