नेपाल आयल निगमले बजारमा पेट्रेलियम पदार्थको अभाव नरहेको बताएको छ ।
कोरोना भाइरसको संक्रमणको जोखिम बढेकाबेला भारतबाट आयात बन्द हुने आशंकामा बजारमा माग बढेको भएपनि आपूर्तिमा कुनै समस्या नरहेको आयल निगमले बताएको हो ।
निगमका प्रवन्ध निर्देशक सुशिल कुमार पौडेलले मंगलबार काठमाडौंमा आयोजित एक साक्षत्कारमा बोल्दै पेट्रोलियम पदार्थको माग अत्याधिक बढेको तर आयात र वितरणमा कुनै समस्या नरहेको बताए ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले पेट्रोलियम पदार्थको वितगरमा निरन्तर अनुगमन भइरहेको बताए ।
कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँग पछिल्लो समय बजारमा पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । तर आयल निगम र सम्बद्ध व्यवसायीहरुले भने बजारमा कुनै कृतिम अभाव नभई माग बढेकाले समस्या देखिएको दावी गरेका छन् ।