काठमाडौं । एनसेलले पुँजीगत लाभकर बापतको ४ अर्ब ६० करोड सरकारलाई बुझाएको छ । एनसेलले मंगलबार ठूला करदाता कार्यालयमा रकम बुझाएको हो ।
सर्वोच्च अदालतको आदेशपछि एनसेलले यो सहित ९ अर्ब १० करोड बुझाएको ठूला करदाता कार्यालयका प्रमुख झलक अधिकारीले बताए ।
सर्वोच्च अदालतको आदेशअनुसार एनसेलले २२ अर्ब रुपैयाँ पुँजीगत लाभकर विभिन्न किस्तामा तिर्नुपर्नेछ ।
एनसेलले १४ अर्ब ४० करोड रुपैयाँ लाभकर बुझाउन बाँकी छ । कम्पनीले २२ अर्ब किस्ताबन्दीमा तिर्न माग गरेअनुसार ठूला करदाता कार्यालयले महिनामा तिर्नुपर्ने किस्ताको तालिका यसअघि नै एनसेललाई दिइसकेको छ । सोहीअनुसार एनसेलले पुँजीगत लाभकर तिर्दै आएको छ ।