विश्वभरकै रेमिट्यान्समा झण्डै २० प्रतिशतले कमी आउने विश्व बैंकको प्रक्षेपण

आजभोलि

विश्व बैंकले कोरोना भाइरसको महामारीका कारण विश्वभरकै रेमिट्यान्समा झण्डै २० प्रतिशतले कमी आउने प्रक्षेपण गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण सबैजसो देशको अर्थतन्त्रमा मन्दी आउनु, विकास निर्माणको क्रम सुस्त हुनु, रोजगारीको क्षेत्रमा ठूलो क्षति हुनुलगायतका कारणले सन् २०२० मा विश्वभरकै रेमिट्यान्समा कमी आउने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकका अनुसार मध्यम र निम्न आय भएका देशहरुमा रेमिट्यान्स १९ दशमलव ७ प्रतिशतले घट्नेछ । यसले गर्दा लाखौं परिवारको जिवनमा समस्या आउने विश्व बैंकको प्रक्षेपण छ । मध्यम र निम्न आय भएका देशको रेमिट्यान्स ४ सय ४५ बिलियन डलरमा सीमित हुनेछ ।

दक्षिण एसियाली देशको रेमिट्यान्स भने २२ दशमलव प्रतिशतले घटेर १ सय ९ बिलियन डलरमा झर्नेछ । सन् २०१९ मा मध्यम र निम्न आय भएका देशमा कुल ५ सय ५४ बिलियन अमेरिकी डलर रेमिट्यान्स भित्रिएको थियो ।

बैंकका अनुसार युरोप र मध्य एसियामा रेमिट्यान्स २७ दशलमव ५ प्रतिशतले घट्नेछ, सब सहारा अफ्रिकामा २३ दशमलव १, दक्षिण एसियामा २२ दशमलव १, मध्य र उत्तर अफ्रिकामा १९ दशमलव ६, ल्याटिन अमेरिकामा १९ दशमलव ३ र पश्चिम एसियाली क्षेत्रमा १३ प्रतिशतले कमी आउनेछ ।

  • ११ बैशाख २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !