आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आज अपरान्ह्र ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
कोरोना महामारीबीच आउन लागेको नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखिएको छ । यही नीति तथा कार्यक्रमकै आधारमा जेठ १५ गते सरकारले आर्थिक वर्ष २०७७÷०७८ को बजेट ल्याउने छ ।
कार्यसूची अनुसार संसद सचिवालयका तर्फबाट सबै तयारी पूरा भएको र विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका सबै मापदण्ड पूरा गरी, स्वास्थ्य टोलीको सुझाव अनुसार दुरी कायम गरेर बसाइ व्यवस्थापन मिलाइएको छ ।