अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्नेगरी बजेट आएको अर्थमन्त्रीको दाबी

आजभोलि

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीले ल्याएको संकटको अवस्थाका कारण ठूलो आकारको बजेट ल्याउन नसकिएको स्पष्ट पारेका छन् ।

शुक्रबार अर्थ मन्त्रालयमा भएको बजेट अन्तरक्रियामा अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट करिब ४ प्रतिशत कम आकारको ल्याएको बताए ।

आर्थिक वर्ष २०७७÷०७८ को बजेट मार्फत कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रलाई उकास्न विभिन्न कार्यक्रम मार्फत ५५ अर्ब देखि ६० अर्ब रुपैयाँ सम्म खर्च गर्ने गरी कार्यक्रम ल्याइएको बताए ।

आर्थिक क्रियाकलापलाई पूँजी क्षय हुन नदिन र उद्योगी व्यवसायिको मनोबल माथि उठाउन सामाजिक कार्यक्रम र राहतका क्षेत्रमा ठूलो आकारको बजेट छुट्याइएको मन्त्री खतिवडाले बताए

राहतको प्याकेज होमोजोनस नहुने र राहत नगदमा, छुटमा, प्रोत्साहनमा, सस्तो ब्याजमा दिइने ऋणमा, बीमा शुल्कमा दिइने छुट र कर छुटमा दिइएको उनको भनाइ छ । बजेटले रोजगार सिर्जना गर्ने, उद्योग व्यवसायलाई सुचारु गर्ने, र नयाँ लगानी बढाउने विषयमा सम्बोधन गरेको बताए ।

उच्च आर्थिक वृद्धि गर्न लगानी बढाउनु पर्ने र निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने गरी बजेट आएको उनले बताए । जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखी खर्चको प्रकृति बढेकाले आगामी आर्थिक वर्ष आर्थिक विकासलाई तिब्र पार्नुपर्ने चुनौति रहेको समेत उनको भनाइ छ ।

  • १६ जेष्ठ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !