नेपाल टेलिकमले स्वदेश फर्कने नेपालीलाई निःशुल्क सिमकार्ड वितरण गर्ने

आजभोलि

काठमाडौं । कोरोनाको विश्वव्यापी महामारीका कारण विदेशबाट स्वदेश फर्कने नेपालीहरुलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड वितरण गर्ने भएको छ ।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्न र परिवारसँग सम्पर्क गर्न सजिलो होस् भन्ने उद्श्यले निःशुल्क सीमकार्ड वितरण गर्न लागिएको नेपाल टेलिकमले जनाएको छ । सिमकार्डमार्फत गरिने निगरानीबाट विदेशबाट आएका कुनै व्यक्तिमा कोरोना भाईरस रहेछ भने पनि त्यसको संक्रमण समुदायमा फैलनबाट जोगाउन सहयोग पुग्ने विश्वास टेलिकमको छ ।

अहिलेलाई १ लाख वटा सिमकार्ड निःशुल्क वितरण गर्ने र आवश्यकताअनुसार थप वितरण गर्दै जाने योजना रहेको टेलिकमले जनाएको छ ।

१० रुपैयाँ ब्यालेन्स सहित वितरण गरिने यी सिममा नेपाल टेलिकमको नेटवर्कभित्र ४० मिनेटसम्म निःशुल्क कुरा गर्न सकिने र ६० एमबी डाटा प्याकेज सुविधा समेत रहने टेलिकमले जनाएको छ ।

नेपालीहरूलाई स्वदेश फर्कनको लागि नेपाल सरकारले तोकेको नेपाल भारत सीमाका २० वटा प्रवेश विन्दु तथा काठमाण्डौं उपत्यकामा निर्माण गरिएका ७ वटा क्वारेनटाईन स्थलमा नै बुथ स्थापना गरी सीमकार्ड वितरण गरिनेछ ।

  • २२ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !