‘प्रजातन्त्र र प्रजातान्त्रिक पार्टी बिरुद्ध चीनको षडयन्त्र अमान्य’

आजभोलि

काठमाडौं । नेकपाको विवाद चुलिएसँगै नेपालका लागि चाइनीज राजदूतको सक्रियता बढेसँगै उनको आलोचना समेत भइरहेको छ । चीनले यसरी नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेपछि मंगलबार काठमाडौंमा पहिलो पटक प्रर्दशन भएको छ । रिपब्लिकन युथ र अन्य युवा समूहले मंगलबार नेपालस्थित चाइनीज राजदूतावास अगाडि प्रर्दशन गरेको छ ।

गो ब्याक चाइना, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर् लगायतका नारा सहितको प्ले कार्ड प्रर्दशन गरेर बिरोध जनाइएको छ । नेपालका लागि चाइनिज राजदूत होउ यान्छीको तस्बीरलाई क्रस गरेर हातमा बोकेर बिरोध जनाइएको थियो ।
आरएनसी पार्टीका प्रिसिडेन्ट सिद्धार्थ गौतमले बिरोध प्रर्दशनको औचित्य पुष्टि पार्दै भने, चाइनीज राजदूत र चाइनाको नेपालको आन्तरिक मामिलामा जुन ब्यापक हस्तक्षेप छ, त्यसको बिरोधमा प्रर्दशन गरिएको बताए ।

आजभोलिसँग कुरा गर्दै गौतमले भने, चाइनाले नेपालको प्रजातन्त्र तथा प्रजातान्त्रिक पार्टी र व्यक्तिको खिलापमा गरेको षडयन्त्रको बिरुद्ध र नेपाललाई चिनीया हस्तक्षेपयुक्त गतिवधिबाट मुक्त गर्नका लागि बिरोध प्रर्दशन गरिएको बताए ।

उनले भने, चाइनाको नेपालको आन्तरिक मामिलामा हस्तक्षेप बन्द होस भन्ने हाम्रो माग रहेको छ । गौतमले नेतृत्व गरेको पार्टीको मूल उद्देश्य नै नेपाल कम्युनिष्टमुक्त देश बनाउनु रहेको जनाइएको छ ।

  • २३ असार २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !