पटक पटक स्थगित हुँदै आएको सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक आज विहान ११ बजेका लागि बोलाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बोलाइएको छ । पार्टीभित्रको विवादका कारण यसअघि पटक–पटक स्थगित हुँदै आएको बैठक आज भने बस्ने बताइएको छ ।
तर विवादित विषयमा नेताहरुबीच कुनै सहमति भने हालसम्म जुट्न सकेको छैन । अध्यक्ष पुष्पकमल दााल प्रचण्ड र वरिष्ठ माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष केपी शर्मा ओलीले नमाने पनि मंगलबारको बैठक नरोक्ने बताएको छ । सोमबार प्रचण्ड नेपाल समूहले अब बैठक नरोक्ने रणनीति बनाएको छ ।
उनीहरुले आवश्यक परे केन्द्रीय समितिको बैठक समेत बोलाउने तयारी एकसाथ अघि बढाएका छन् । सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको शीर्ष नेताहरुको छलफलले ओलीले रोक्न चाहे पनि बैठक नरोक्ने निर्णय गरेको थियो ।
स्थायी समिति बैठकमा केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने एजेण्डा प्रवेश गरेपछि असार १८ गतेदेखि सहमतिका भन्दै बैठक लगातार बैठक स्थगित हुँदै आएको छ।