छद्म भेषमा आए-गए ‘रअ’ प्रमुख गोयलः नेपाली राजनीति तरंगित

आजभोलि

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल छद्म भेषमा नेपाल आएर फर्केका छन् । गोप्य राखिएको उनको भ्रमणले नेपाली राजनीतिमा भने तरंग पैदा गराएको छ ।

कार्तिक ५ गते दिउँसो उनी आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट नेपाल आएका थिए । र, सोही उडानबाट कार्तिक ६ गते बिहान स्वदेश फर्केका छन् । नेकपाभित्र विवाद बढीरहेको समयमा गरिएको गोयलको भ्रमणलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

उनको भ्रमण व्यक्तिगत भने पनि उनले नेपालका प्रधानमन्त्री खड्ग प्रसाद ओली तथा राष्ट्रपति विद्यादेबी भण्डारीसँग गोप्य भेटवार्ता भएको श्रोतको दाबी रहेको छ । उनले प्रधानमन्त्री ओलीसँग दुइ घण्टा लामो भेटवार्तालाई निकै महत्वका साथ हेरिएको छ ।

भारतसँगको सिमाना विवाद बढी रहेको र नेपालमा चीनको प्रभाव बढ्दै गइरहेको अवस्थामा उनको भ्रमणलाई निकै चासोको रुपमा लिइएको छ । पछिल्लो समयमा नेपाल भारत सम्बन्धमा चिसोपन रहँदै आइरहेको छ ।

उनको भ्रमणलाई निकै गोप्य राखिएको छ । नेपालस्थित भारतीय राजदूतावासले अनभिज्ञता जनाएको छ । नेपालको परराष्ट्र मन्त्रालयले पनि उनी नेपाल आएको पुष्टि गरेको छैन् ।

तर उनले प्रधानमन्त्रीदेखि राजनीतिक दलका उच्च नेतालाई भेटेको भन्ने समाचार बाहिर आएको छ । तर नेकपाका दुइ नम्बर अध्यक्ष पुष्पकमल दाहालले भने आफू कुनै भेट नगरेको जनाएका छन् ।

  • ६ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !