नेपालमा संघीय संरचनामा प्रवेश गरेपछिको अवस्थामा युवाको सहभागिता तथा व्यवस्थापनको बारेमा प्रवीण भट्टराइले जनसंख्यासम्बन्धि जानकार त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक डा.पद्मप्रसाद खतिवडासँग प्रवीण भट्टराइले लिएको अन्तरवार्ताको सारांश ।
१) नेपाली युवाको अवस्था कस्तो छ ?
नेपालको सन्र्दभमा १६ बर्ष देखी ४० वर्षसम्मका व्यक्तिलाई हामी युवा भन्दछौँ । यस उमेर समुहका व्यक्तिहरु नेपालमा कुल जनसँख्याको ३८.८ प्रतिशतको हाराहारीमा रहेका छन् । तर, अधिकाँस नेपाली युवाहरु भने बेरोजगार छन् । उनीहरु आफ्नो दैनिकी कसरी बिताउने भन्ने बारे चिन्तित छन् । तर, यसको फाइदा राजनीतिक दलहरुलाई पुगेको छ । त्यसैले हिजो आज साना ठूला जुनसुकै दल र राजनीतिक पार्टीहरु भए पनि ती राजनीतिक दलहरुका कार्यक्रमहरुमा यूवाहरुको बाहुल्यता छ । यो राजनीतिक दलहरु र ती दलहरु सँग सँलग्न भएका नेताहरुमा देखिएको भ्रम हो ।
२) नेपाली युवाहरु किन गाउँबाट सहर र बिदेश जान्छन् ?
नेपाल भित्र रोजगारीका अवसरहरु छैन् । भएका सिमिति रोजगारिका अवसरहरुमा पनि राजनीतिक हस्तक्षेप हुन्छ । जसको कारणले योग्य युवाहरु अमेरिका, अष्ट्रेलिया, क्यानाडा जस्ता देशहरुमा पुगेका छन् भने राजनीतिकमा नलागेका समान्ययुवा बैदेशिक रोजगारीका लागि खाडी मुलुकहरु गएका छन् । अर्कोतर्फ, पहुँच नपुगेका, योग्यता र समार्थले नम्भाउने युवाहरु भने देश भित्रकै सहरहरुमा काम पाइन्छ कि भनि भौतारिएका छन् । यस्ता युवाहरु खासगरी नत राजनीतिक दलहरुमा आवद्ध छन् तन उनीहरुको क्षमता र योग्यताका अनुसारका काममा छन् ।
३) संघीय लोकतान्त्रीक राज्य व्यवस्था र संघीय लोकतान्त्रीक राज्यको पुर्नसरचनाको बहसमा युवाहरु कहाँ छन् ?
दलहरु भित्र रहेका युवाहरु नै संघीयताको बहसमा अघि आउन सकेका छैन् भने बाहिर रहेकाले त राज्यको पुर्नसंरचनाको सपना बोकेको संघीयताको ढाँचामा भुमिका निर्वाह गर्ने अवसर पाउनु दुर्लभ कुरा हो । आफ्नै योग्यता र क्षमता प्रर्दशन गरी यदाकदा अवसर पाउने बाहेक युवाले संघीय लोकतान्त्रीक नेपालको बहसमा महत्वपुर्ण भूमिका निर्वाह गर्न पाएका छैनन् । देशकै जनसँख्याको दुई तिहाई भन्दा बढी युवा भएको मुलुकमा राज्य पुर्नसँरचना जस्तो गहन बिषयमा भूमिका निर्वाह गर्न नपाउनाले देशको हुन्छ भन्न गारो छ ।
४) संघीय लोकतान्त्रीक नेपालमा युवाहरुको समस्या कसले र कसरी समाधान गर्ने ?
राज्यको पूर्नसरचनाको कुरा गर्दा सबै वर्ग, तह, क्षेत्र, लिँगको कुरा गर्ने गरिन्छ तर युवाका कुरा कमै गरिन्छ । तसर्थः नीति निमार्ण र योजना बनाउने र कार्यक्रमहरु सञ्चालन गर्ने तह देखि नै युवा सहभागिता गराउने होइन यो उनीहरुको मुख्य अधिकारको रुपमा अधिकार अँगिकार नगरेसम्म युवामुखी लोकतन्त्र, संविधान, कानुन, नीति तथा कार्यक्रमहरु बन्न सक्दैन । तसर्थः यस कुरा पट्टी सर्वप्रथम सबै दलका शीर्ष नेताहरुको ध्यान जानुपर्छ र सरकारको योजना तहमा बस्नेहरुले पनि राजनीतिक दलहरु र युवाहरु बीच सहजिकरणको भुमिका निर्वाह गर्नुपर्छ । यसरी युवाहरुकै सँयोजनामा बन्ने नीति तथा कार्यक्रमहरु निश्चय पनि गाउँमुखि बन्दछन् र स्थानीय तह देखि नै युवा बेरोजगारी समस्याको समाधानमा योगदान पुग्दछ । पूर्वाधारको विकासमा युवा केन्द्रीत कार्यक्रमहरु सञ्चालन भए पछि नेपाली युवाहरु क्रमसः गाउँबाट सहर र सहरबाट बिदेश जानुपर्दैन । अन्ततः संघीय लोकतान्त्रिक नेपालको पुर्नसँरचनामा पनि सार्थक हुन्छ ।