काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमाले पहिले पनि लफडा मात्र गर्ने पार्टी भएको आरोप लगाएका छन् । उनले एमालेको कारणले देश अहिलेको अवस्थामा पुगेको बताए । नेपाली कांग्रेसको सरकारले ल्याएको अरुण तेस्रो जलविद्युत आयोजना रोकेर विकास विरोधी कार्य गरेको बताए । अरुण तेस्रो भएको भए अहिले हामी धनी हुन्थ्यौं, उनले भने ।
पौडेलले नेपाली कांग्रेसले देशलाई निकास दिने बेलामा एमाले जहिले पनि बाँधक बन्दै आएको बताए । उनले देशको विकास नेपाली कांग्रेसले मात्र गर्न सक्ने भन्दै उनले कांग्रेसलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए । उनले प्रदेश नम्बर ५ को आमसभालाई सम्बोधन गर्दै भने, हामी यो प्रदेशलाई स्वर्ग बनाउने योजना छ । र, हाम्रो उच्च प्राथमिकतामा रहेको बताए ।
पौडेल नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजक हुन । उनकै अगुवाई प्रदेश स्तरीय आमसभाको मिति तय भएको थियो ।