काठमाडौं। यो वर्ष तिहारका लागि आवश्यक पर्ने फूल भारतबाट आयात नगरिने भएको छ । कोरोनाको कारण सयपत्री फूलको माग कम रहेको व्यासायीले बताएका छन् ।
तिहारमा गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । तर यो वषए भने बजारमा लगभग १५ लाख मात्र मालाको माग छ । अहिले माग स्वदेशी उत्पालनले धान्ने भएकाले भारतबाट आयात नगरिने जनाइकोछ । गएको वर्षतिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो ।
अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्छ । एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म तिर्नुपर्ने देखिन्छ । ग वर्ष रु ५० देखि ६० बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको एशोसिएशनलेका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।
नेपालमा लगातार प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा बृद्धि हुने गरको छ ।