काठमाडौं । बंगलादेश सरकारले नेपाललाई पैँचोमा दिने भनेको रासायनिक मल नदिने भएको छ । यसअघि नेपाललाई ५० हजार मेट्रिक टन यूरिया मल पैंचो दिने समझदारीबाट बंगलादेश पछि हटेपछि मल नआउने भएको हो ।
कृषि मन्त्रालयका एक अधिकारीका अनुसार सुरुमा पैँचोमा मल दिने भनेपनि पछि दुवै देशले एमओयू वा खरिद प्रक्रिया अघि बढाउनुपर्ने झन्झटिलो प्रक्रियाका कारण बंगलादेश समझदारीबाट पछि हटेको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीच पैँचोमा मल उपलव्ध गराउनबारेमा टोलिफोनमार्फत सम्बाद भएको थियो । भदौ १६ गते भएको मौखिक समझदारीबाट बंगलादेश पछि हटेको अधिकारीले बताए ।