काठमाडौं। काठमाडौंमा पहिलो पटक नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच पहिलो पटक संयुक्त सैन्य तालिम शुरु भएको छ । आइतवारदेखि तालिम शुरु भएको छ । सगरमाथा फ्रेण्डशीप-२०१७ नाम दिइएको उक्त तालिम महाराजगञ्जस्थित सैनिक ब्यारेकमा भइरहेको छ।
व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी बिनोदकुमार श्रेष्ठले उक्त संयुक्त सैन्य तालिमको शुभारम्भ गर्दै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुने यो तालिमले दुवै देशका सेनाको व्यावसायिकता अभिवृद्धि हुने बताए ।
चिनियाँ जनमुक्ति सेनाकातर्फबाट कर्णेल याङ सुमेङले संयुक्त सैन्य तालिमबाट प्रतिआतङ्कवाद कारबाहीको क्षमतामा अभिवृद्धि हुने र दुई देशको आपसी सम्बन्ध अरु मजबुत हुने बताएका छन् । उनले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको महत्वपूर्ण पारस्परिक ऐतिहासिक सम्बन्धलाई अझ उचाई पुर्याउने बताए ।
Photo:© AP Photo/ Xinhua, Li Gang