काठमाडौँ । बिमा समितिको निर्देशनअनुसार बिमा कम्पनीले आजबाट नै कोरोना बिमाको सबै दाबीको भुक्तानी सुरु गर्ने भएका छन् । बुधबार बिमक संघको बसेको बैठकले सो निर्णय हो । बिमा पुलले बिहीबारदेखि नै सम्बन्धित कम्पनीमा पठाउन सुरु गरे पनि बिमितले भुक्तानी पाउन थप २ र ३ दिन लाग्ने जनाएको छ ।
बैठकको सहमति अनुसार बिमा कम्पनीले मापदण्ड पुगेका सबै दाबी बिमा (पुल) मा पठाउने, पुलले ५ दिनभित्र सबै प्रक्रिया पूरा गरी सम्बन्धित कम्पनीमा फिर्ता पठाउने र त्यसको दुई दिनभित्र कम्पनीले बिमितलाई भुक्तानी दिनुपर्नेछ । सरकारी अस्पतालमा गरिएको रिपोर्टको दाबी भुक्तानी भइरहेको कम्पनीहरूको दाबी छ । अर्थ मन्त्रालयको निर्देशनका आधारमा बिमा समितिले मंगलबार नै कम्पनीहरूलाई सात दिनभित्र सबै बिमितलाई भुक्तानी दिन निर्देशन दिएको थियो । सोही निर्णय कार्यान्वयनका लागि बुधबार बैठक बसेको थियो ।