गुणस्तरीय, सस्तो र भरपर्दो सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई मन्त्री गुरुङको निर्देशन

आजभोलि

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गुणस्तरीय, सस्तो र भरपर्दो सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएको छ । बिहीबार मन्त्री गुरुङले भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रिय कार्यालयको अनुगमन गर्ने क्रममा सो निर्देशन दिएका हुन् । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले सेवाग्राहीको चाहना र निजी क्षेत्रसँगको प्रतिस्पर्धामा अग्रणी रहिरहन पनि नेपाल टेलिकमले सबैभन्दा गुणस्तरीय, सस्तो र भरपर्दो सेवा प्रदान गर्न निर्देशन दिएका छन । मन्त्री गुरुङले मन्त्रालयसँग गरिएको कार्य सम्पादन सम्झांैता अनुसार हरेक वडा तहसम्म इन्टरनेट सेवा विस्तारमा ढिलाई नगर्न टेलिकमलाई सचेत गराएका थिए ।

‘मन्त्रालयसँग गरिएको कार्य सम्पादन सम्झौंता अनुसार नेपाल टेलिकमले वडा तहसम्मै इन्टर सेवा पु¥याउन ढिलाई गर्नु हुन्न,’ मन्त्री गुरुङले भने,‘ग्राहकको चाहनालाई ध्यानमा राखेर सबैभन्दा सस्तो र गुणस्तरीय सेवा नदिए नेपाल टेलिकमले निजी क्षेत्रसँगको प्रतिपर्धामा आफूलाई अग्रणी कायम राखिरहन सक्दैन । ’मन्त्री गुरुङले सबै स्थानीय तहमा फोरजी सेवा विस्तार गर्ने योजना कार्यान्वयनको काममा केन्द्रित हुन पनि टेलिकमका पदाधिकारीहरुलाई सचेत समेत गराएका थिए । उनले ‘समृद्ध नेपाल ः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्न नेपाल टेलिकमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । सञ्चारमन्त्री गुरुङले सेवाग्राहीको हितलाई केन्द्रमा राखेर आफ्ना गतिविधि अघि बढाउन नेपाल टेलिकममा आवद्ध कर्मचारी संघ, संगठनलाई पनि आग्रह गरे । उनले नेपाल टेलिकमको सेवालाई अब्बल बनाउन विभागीय प्रमुखहरुले नयाँ कार्य योजनाका साथ अघि बढनुपर्ने बताए ।

मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम संचालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले जनतामा खुसीयाली आउने गरी काम गर्न टेलिकमका कर्मचारीहरुलाई आग्रह गरेका थिए । यसैगरी प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकमको विगत, वर्तमान र भावी योजनाबारे सञ्चारमन्त्री गुरुङलाई ‘ब्रिफिङ’ गरेका थियो ।

 

  • २० कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !