प्रधानमन्त्रीसँग भारतीय स्थल सेनाध्यक्ष नरवणेको शिष्टाचार भेट

आजभोलि

काठमाडौँ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको शिष्टाचार भेट वार्ता भएको छ । बालुटारमा भएको शिष्टाचार भेट वार्तामा प्रधानमन्त्री ओलीले भारतसँग रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गरेका छन् । बालुवाटार पुगेका भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई प्रधानमन्त्री ओलीले भारत र नेपालबीच असल मित्रता रहेको समेत बताए ।
“भेटवार्ताका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गर्नुभयो,” प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले समाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेका छन् ।

भारतले गत वर्ष जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेख र लिम्पियाधुरालाई आफ्नो भागमा देखाएपछि नेपाल र भारतबीच विवाद बढेको थियो । वर्ष भारतले उक्त क्षेत्र हुँदै कैलाश मानसरोवर जाने लिंक रोड निर्माण गरेपछि झन् नेपाल र भारतबीच सीमालाई लिएर विवाद बढेको थियो ।

 

 

 

  • २१ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !