नेकपामा दुई अध्यक्ष छन् । अर्थात् चलनचल्तीको भाषामा डबल अध्यक्ष छन् । दुई अध्यक्षमा को पहिलो, को दोस्रो ? अर्थात् कुन कार्यकारी वा दुबै बराबर, खुबै बहस मच्चिने गरेको छ । बारम्बारको धोकाबाजीपछि पहिलेको दोस्रो अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्ड कार्यकारी अध्यक्ष हुने सहमती भयो । प्रधानमन्त्री तथा अर्का अध्यक्ष खड्ग प्रसाद शर्मा ओली अध्यक्ष मात्र हुने भए । कागजमा यस्तै लेखियो ।
सहमती नी उटपट्यांक भयो । कार्यकारी अध्यक्ष प्रचण्ड हुने तर सबै निर्णय तथा कामकारबाही अर्का अध्यक्ष ओलीबिना वा स्वीकृती नलिइ नहुने भन्ने बुँदा नी राखियो । कार्यकारी भएपछि प्रचण्ड मख्ख भए । उनी पदमै खुशी भए । अधिकारको बारेमा सरोकार राखेन । उनले कार्यकारी हुनु थियो भए ।
कार्यकारी अध्यक्षमा प्रचण्ड, अन्तिम अधिकार ओलीमा निहीत भयो । नेकपा भन्ने पार्टी विधी र विधान भन्दा पनि डबल अध्यक्षको मुडमा चल्न थाल्यो । पछिल्लो समयमा त अध्यक्ष ओलीको एकल निर्णयमा चल्न थाल्यो । अर्का अध्यक्षको कामै गुनासो पोख्ने मात्रै भयो । ओलीलाई अहिले पनि प्रचण्ड माओवादी आफू एमाले भएको नै लाग्छ । ओलीले एमाले पारामा नेकपा हाकी रहेका छन् । प्रचण्ड रणभुल्ल छन् ।
पार्टी र सरकारले एकल ओली हाँकी राखेका छन् । प्रचण्डको कामै गुटको भेला गर्ने अनि ओलीलाई बिन्ती चढाउने मात्रमा सिमित छ । प्रचण्डले ओली बिना समान्य कुनै निर्णय नै गर्न सकेका छैनन् । पद भने फरि कार्यकारी नै छ । नेकपा डबलमा कार्यकारी भन्या काम र अधिकार बिहीन जस्तै बनेको छ । कार्यकारी अधिकार नभएको हो भन्ने साबति नै भइसक्यो ।
अब कुरा थालौ, विवादको । नेकपाको जन्म विवादमै भयो । एकतापछिका वर्ष विवादमै विते । नेकपाको कामै विवाद । विचार नै विवाद । विधी विवाद । एकता विवाद । सहमतीमा नी विवाद । असहमतीमा नी विवाद । केन्द्रमा विवाद । जिल्लामा विवाद । गाउँगाउँमा विवाद । समस्या विवाद । सम्झौता विवाद । सबै यस्तै छ । भइरहेको पनि त्यही छ । सहमती के भयो भन्दा विवादमा भयो ।
बीचमा पार्टी फ्टने । बलियो पार्ने । एकता गर्ने । अलग हुने । सबै अभ्यास भए । अभ्यास त्यति सफल भएन । झारो टाराईमा सल्टाए । सरकार ढाल्ने । पार्टी फुटाउने । नयाँ गुट बनाउने । र अन्तमा कामै नलाग्ने सहमतीमा टुंगिने चलनै बस्यो । सधै ओलीका लागि अन्तिम मौका भन्दै बालुवाटारबाट निस्कनु प्रचण्डहरुको दैनिकी नै बन्यो ।
फेरि अहिले नेकपा फुट्ने भन्ने नपत्याउने हल्लाले बजार ततायो । प्रचण्डहरु खुबै आक्रोस पोखी रहेका छन् । दर्जनौ कोठे बैठकपछि अस्ति धुम्बारहीमा कार्यकारी अध्यक्षको नेतृत्वमा सचिवालयको बैठक आह्वान गरे । बस्यो पनि । तर उनको उर्दी गहृमन्त्री बादलले लत्याइ दिए । जे भए पनि कार्यकारी अध्यक्षले बैठक गरे । लामो छलफल भयो । ठूल्ठूला गफ हाँकिए । तर अन्तिम निर्णय भयो, अध्यक्ष ओलीलाई बैठक बोलाउन अनुरोध गर्ने । हालत यस्तो छ ।
प्रचण्ड सचिवालयको दरखास्त बोकी बालुवाटार छिरे । दरखास्त ओलीलाई बुझाए । ओलीले बुझे । तर, उनले सिधै भनिदिए की तपाइहरुले गुटको भेला गर्ने ? अलग बैठक राख्ने ? यस्तो अवस्थामा म बैठक बोलाउदिन । यस्तो काम भनेको पार्टी फुटेको सरह हो । हुन्न । जे गर्नुपर्छ गर्नुहोस ।
प्रचण्ड फेरि बालुवाटारबाट फर्के । तर कुरो त उही भो । र, आफ्नो कार्यकारी पदको महत्व बुझे होलान् । अब हुन्छ त भन्दा, फेरि प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई अन्तिम मौका दिने सहमती हुन्छ । यो बाहेक अर्को बिकल्प छैन् । ओलीले टेर्ने छाँटकाँट छैन । टेर्नु पनि किन ? पार्टी भित्र बलियो । संसदमा नि बलियो ।
अन्तमा, नेकपा पार्टी हुँदै होइन । हुनै सक्दैन् । म त्यो मान्दिन । यो रामभक्त नवकम्युनिष्टहरु गफाडी क्लब हो । गफ अड्डा हो । यहाँ गफका लागि गफ हुन्छन् । समय बिताउन गफ हुन्छन् । गफले संसारै हाँक्छन् । फेरि गफ गर्ने सहमती हुन्छ । अर्को दिन फेरि गफाडी जम्मा हुन्छन् । र आकाशका तारा झार्ने गफ फलाक्छन् ।
पार्टी कसरी हुन्छ । न पार्टीभित्र विधी छ । न विधान । न पद्धती । न संस्कार । न विचार । न सिद्धान्त । केबल छ त, पार्टीका कार्यकारी को ? कसका मान्छे मन्त्री बनाउने ? कसलाई सिद्ध्याउने ? कसलाई के गर्ने ? महामारीको बेला लाजै नमानी सांसद गायब गर्ने । अध्यादेश ल्याउने । स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार गर्ने । सरकार कोरोना व्यापारी बन्ने । अनि कोरोना पूराण लगाउने । अनि पार्टी हो त ? यो नेकपाको सरकार हो त ? यस्तो नी सरकार हुन्छ । यस्तो नी पार्टी हुन्छ । सबैलाई सोध्नुस । उत्तर उस्ताउस्तै आउँछ । नपत्याए कम्तिमा चिया पसलका गफ सुनौ । सामाजिक संजालका भित्ता पढौं । सबै बुझिन्छ ।