ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट अनन्त प्रकाश श्रेष्ठको चर्चा रहेको छ । स्थानीय तहको निर्वाचनसँगै महानगरको मेयरको चर्चा चुलिएको छ । अरु भन्दा युवा लोकप्रिय नेता श्रेष्ठ चर्चाको शिखरमा रहेका छन् ।
उनले नेपाल विद्यार्थी संघको पाटन संयुक्त क्याम्पसमा पहिलो सभापति भएर इतिहास रचेका थिए । श्रेष्ठले नेपाल तरुको दलको सभापति भएर संगठनलाई मजुवत बनाएका थिए । उनले पार्टीका अन्य विभिन्न पदमा रहेर संगठनलाई बलियो बनाउनमा योगदान दिदै आइरहेका छन् ।
विद्यार्थी राजनीतिबाट नै सक्रिय उनी निरन्तर जिल्लाको युवा नेताको रुपमा कार्य गर्दै आइरहेका छन् । लगभग दुइ दशकदेखि सक्रिय राजनीतिमा लागेको उनी मेयर पदका लागि योग्य र दक्ष उम्मेद्वारको रुपमा लिइएको छ ।
स्पष्ट दृष्टिकोण र प्रष्ट भिजन भएका श्रेष्ठसँग ललितपुर महानगरपालिकाको विकासलागि स्पष्ट मार्गचित्र रहेको छ । युवामा निकै लोकप्रिय भएका कारण कांग्रेसका तर्फबाट मेयरको लागि निकै दबाब रहेको छ ।