काठमाडौँ । समोबार बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशले पैंचो मल नदिने भएपछि खरिद नै गरेर ल्याउने निर्णये गरेको छ । बंगलादेशबाट ‘जीटुजी’ (सरकार–सरकार) प्रक्रियाबाट ५० हजार मेट्रिक टन मल खरिद गर्ने निर्णय गरेको छ ।
यसअघि सरकारले बंगलादेशबाट पैंचोमा मल ल्याउने जनाएको थियो । ‘जुन कम्पनीबाट जुन मल ल्याउने हो, त्यही नै फिर्ता गर्नुपर्छ भन्ने बंगलादेशको सर्तका कारण पैंचो ल्याउने मौखिक सहमति भएको थियो । तर, बंगलादेशले पैंचोमा नभएर खरिद गरेर लिन प्रस्ताव गरेपछि मन्त्रीपरिषदको बैठकले जिटुजी मार्फत मल खरिद गरेर ल्याउने निर्णय गरेको हो ।