काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कार्तिक २८ गते बस्ने जनाएको छ । बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने जनाएको छ ।
आउँदो बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशनमा केन्द्रित हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल उनले जानकारी दिए ।
कांग्रेसको १४ औँ महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म निर्धारण तय गरिएको छ । तर कोरोनाको कारण स्थानीयस्तरमा पार्टीको सक्रिय सदस्यता वितरण तथा नबिकरण तालिका प्रभावित भइसकेको छ ।
यसअघि तोकिएको मितिमा बैठक हुन सकेको छैन् । कोरोना परिक्षण गर्दा आधा दर्जन केन्द्रीय सदस्यमा कोरोना संक्रमण देखिए पनि स्थगित गरिएको पार्टीले जनाएको छ ।