काठमाडौं । प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली आफूले पूरै कार्यकाल प्रधानमन्त्री चलाउने जनाएका छन् । उनले आफू जनताबाट निर्वाचित भएकाले प्रधानमन्त्री पद छोड्नु जरुरी नभएको बताएका छन् । अरुण तेस्रो जलबिद्युत परियोजनाको अनुगमनपछि उनले यस्तो बताएका हुने ।
उनले आफूले नेकपाको अध्यक्ष पद पनि नछोड्ने जनाएका छन् । उनले घुमाउरो ढंगमा अर्का अध्यक्ष प्रचण्ड लक्षित गर्दै भने पार्टी भित्र विभिन्न खेलहरु भइरहेका छन् । यसकारण आफू सबै बिरुद्ध लड्ने बताए । उनले भने सके हटाए हुन्छ ।
उनले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजना सम्पन्न भएपछि मुलुकको समृद्धिमा सहयोग पुग्ने जनाए ।
उनले भने उत्तर–दक्षिण कोसी राजमार्गले चीन, भारत र नेपाललाई त्रिदेशीय तथा अन्तरदेशीय व्यापारसँग जोड्ने बताए । सडक सञ्चालनपछि नेपालले आर्थिक क्षेत्रमा गति लिने उहाँको भनाइ थियो । कार्यक्रममा संखुवासभाका स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पालिकाको विकास निर्माणका लागि मागपत्र बुझाएका थिए ।
त्यसअघि, प्रधानमन्त्री ओलीले किमाथांका नाका, बोर्डर आउट पोस्ट र निर्माणाधीन राजमार्गाको अवलोकन समेत गरेका थिए । उक्त कार्यक्रममन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राई लगायतकाको सहभागी थियो ।
पहिलो अरुण तेस्रो शुरु हुँदा तत्कालिन नेकपाले विश्व बैंकलाई पत्र लेखेपछि स्थागित भएको थियोे ।