काठमाडौं ।आज प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । साथै बैशाख १७ गतेका लागि निर्वाचन घोषणा समेत गरेको छ । दोस्रो चरणको निर्वाचन बैशाख २७ हुने जनाएको छ ।