काठमाडौं । नेकपाको अध्यक्षमा माधव कुमार नेपाललाई चयन गरिएको छ । नेकपाको काठमाडौंमा आयोजित केन्द्रीय कमिटिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।
प्रचण्डले अध्यक्षता गरेको आजको बैठकले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष खड्ग प्रसाद ओलीलाई अनुशासनको कारबाही गरेको छ । ओलीले पार्टीको नीति विपरित संसद भंग गरेको भन्दै कारबाही गरेको थियो ।
ओलीलाई अनुशासनको कारबाही गरेपछि नेपाललाई अध्यक्षमा चयन गरिएको हो । यो भन्दा अघि बिहान ओलीको अध्यक्षतामा बालुवाटारमा नेकपाको केन्द्रीय कमिटिको बैठक बसेको थियो । नेकपाको आधिकारिक बैठकको बारेमा भने विवाद कायमै रहेको छ ।